Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन


693
Shares

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

 

तिनाउ रुपन्देही,९ फागुन प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने गरी सुरक्षा व्यवस्था मिलाउन सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनु भएको छ ।

प्रधानमन्त्री कार्कीले बुटवलमा आयोजित लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीसँग सुरक्षा अवस्थाबारे जानकारी लिँदै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो ।

निर्वाचनको मिति नजिकिँदै जाँदा देशका केही ठाँउमा छिटपुट घटना हुने क्रम बढेपछि प्रधानमन्त्री कार्कीले सुरक्षा अवस्थाबारे चासो लिँदै चुनाव बिथोल्न खोज्नेहरुको पहिचान गर्दै निर्वाचन केन्द्रित सुरक्षामा केन्द्रित रहन निर्देशन दिनुभयो ।

प्रधानमन्त्री कार्कीले पार्टीमा लाभ लिनका लागि केही तत्त्वले निर्वाचन बहिष्कार गर्ने हल्ला गर्ने गरेको बताउनु हुदै यस्ता समुहको कडा निगरानी गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले लुम्बिनी प्रदेशको समग्र सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रिसहित लुम्बिनी प्रदेश प्रहरी प्रमुख भुपेन्द्र खत्री, नेपाली सेनाका पृतनापति हिम्मत बहादुर बिष्ट, रूपन्देही, कपिलवस्तु, नवलपरासी बर्दघाट सुस्ता पश्चिम र पाल्पाका प्रमुख जिल्ला अधिकारी तथा अन्य सुरक्षा अधिकारीको सहभागिता रहेको थियो ।

सुरक्षा अधिकारीहरूसँगको सुरक्षा बैठक पछि प्रधानमन्त्री कार्की बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणमा जानु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology