Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा बसको ठक्करबाट एक बृद्धा गंभिर घाईते


4.5K
Shares

गोरखामा बसको ठक्करबाट एक बृद्धा गंभिर घाईते

गोरखा, ९ फागुन । गोरखा सदरमुकाममा केही बेर अगाडी सबले ठक्कर दिदाँ १ जना बृद्धा गंभिर घाईते हुनुभएको छ । उहाँको अहिले प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ गोरखा प्रहरीले जनाएको छ।

प्राप्त विवरण अनुसार गोरखा नगरपालिका(१२ को दशकिलो भन्ने स्थानमा काठडमाडौंदेखी गोरखाको बोर्लाङ तर्फ जादै गरेको बसले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक भरत बहादुर बिकले जानकारी दिनुभयो।

ना ५ ख ५०३० नम्बरको यात्रु बाहक बसले ठक्कर दिदाँ स्थानिय ९५ बर्षिया सुक मायाँ लामा गंभिर घाईते भएको उहाँले बताउनुभयो । उहाँका अनुसार लामा गंभिर अवस्थामा उपचार जारी छ । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप बिबरण आउन बाँकी रहेको गोरखा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology