Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा घाइते अवस्थामा भेटिएका एक व्यक्तिको उपचारकै क्रममा निधन


1K
Shares

गोरखामा घाइते अवस्थामा भेटिएका एक व्यक्तिको उपचारकै क्रममा निधन

 

गोरखा, ४ फागुन  ।  गोरखा नगरपालिका–६, हटियाथोकस्थित सडक किनारामा घाइते तथा अचेत अवस्थामा फेला परेका एक अज्ञात पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार शनिबार साँझ करिब ७ः १५ बजेको समयमा नियमित गस्तीमा खटिएको प्रहरी टोलीले उक्त व्यक्तिलाई बाटोमा लडिरहेको अवस्थामा फेला पारेको थियो ।

प्रहरीका अनुसार करिब ३५ वर्ष जतिको देखिने ती पुरुष व्यक्तिको टाउकोमा गम्भीर चोट लागेको थियो र उनी अचेत अवस्थामा थिए । तत्कालै उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा लगिएको थियो । प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई भरतपुर अस्पताल, चितवन रिफर गरिएको गरिएको थियो ।

उनको उपचारकै क्रममा आइतबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान हालसम्म खुलेको छैन। प्रहरीका अनुसार मृतकको वर्ण गहुँगोरो, उचाई करिब ५ फिट ४ इन्च, अनुहार मंगोलियन प्रकारको रहेको छ । घटनाका बेला उनले हरियो रंगको हुड भएको ज्याकेट, कालो टि–सर्ट र कालो पाइन्ट लगाएका थिए ।

उनी ज्यामी मजदुरी पेशा गर्ने व्यक्ति जस्तो देखिएको प्रहरीको भनाइ छ । प्रारम्भिक बुझाइअनुसार मृतक लमजुङ जिल्लाबाट मजदुरी गर्न गोरखा आएको हुनसक्ने अनुमान गरिएको छ ।

हाल मृतकको शव भरतपुर अस्पताल, चितवनको शवगृहमा सुरक्षित राखिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले उक्त हुलिया तथा सार्वजनिक गरिएको फोटोमा देखिएको व्यक्ति आ–आफ्नो वडा क्षेत्रको बासिन्दा वा आफन्त नातागोता पर्ने भएमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology