Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

नेपाली सेनाद्धारा गोरखाको सामुदायिक रेडियो, रेडियो मनासलुलाई सम्मान


2.2K
Shares

नेपाली सेनाद्धारा गोरखाको सामुदायिक रेडियो, रेडियो मनासलुलाई सम्मान

 

 

गोरखा ३ फागुन। गोरखा जिल्लाको उत्कृष्ट सामुदायिक रेडियो, रेडियो मनास्लु १०३।९ मेगाहर्जलाई नेपाली सेनाले सम्मान गरेको छ । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सवको अवसरमा देशभरमा रहेका रेडियोहरु मध्ये २ वटा रेडियोलाई सम्मान गर्दा गोरखाको सामुदायिक रेडियो छनौटमा परेको नेपाली सेनाले जनाएको छ ।

विगत १४ बर्षदेखि रेडियो मनासलुले अविच्छन रुपमा नेपाली सैनिक कार्यक्रम प्रशारण गर्दै आएकोमा सेनाले रेडियोलाई कदरपत्रसहित सम्मान गरेको हो । प्रधानसेनापति महारथी असोकराज सिग्देलले शिवरात्री पर्वको अवसरमा काठमाडौँको टुडिखेडमा आइतबार आयोजित एक कार्यक्रमका बिच प्रदान गर्नुभएको कदरपत्र रेडियोका व्यवस्थापक अमृत बिकले ग्रहण गर्नुभएको रेडियोका स्टेशन प्रमुख दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

रेडियो मनास्लुलाई प्रदान गरिएको उक्त कदरपत्रमा लामो समयदेखि निशुल्क रुपमा नेपाली सैनिक रेडियो कार्यक्रम प्रशारण गरेर राष्ट्रिय स्तरको योगदान र नेपाली सेनासँगको अविच्छन सहकार्यको कदर गरिएको उल्लेख छ ।

रेडियो मनासलुले स्थापनाकालदेखि नै नेपाली सेनाका कार्यक्रमहरूलाई नियमित प्रसारण गर्दै नागरिक र सैनिकबीचको समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

नेपाली सेनाले देशभरका रेडियोहरु छनौट गरेर प्रदान गरिएको यो कदर पत्रले रेडियो मनास्लुको प्रभाव र पहुँच प्रसंसा गरेको छ । बिगत १८ वर्षभन्दा बढी समयदेखि गोरखा र आसपासका लाखौं श्रोताहरूलाई समाचार, सूचना, मनोरञ्जन र विकासका गतिविधिहरू सम्प्रेषण गर्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology