Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पूर्वराजालाई र्‍यालीसहित निर्मल निवास पुर्‍याउने तयारी, विमानस्थलमा सुरक्षा कडा


742
Shares

पूर्वराजालाई र्‍यालीसहित निर्मल निवास पुर्‍याउने तयारी, विमानस्थलमा सुरक्षा कडा

काठमाडौं, १ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहलाई र्‍यालीसहित त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवास लग्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्मै कडा सुरक्षा व्यवस्था बनाइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । अहिले काठमाडौंका चोक–चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पूर्वराजा शाह झापाबाट हेलिकप्टरमा काठमाडौं आइरहेका छन् । राप्रपा लगायत राजवादीहरूले उहाँको स्वागतको तयारी गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology