Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा प्रतिनिधि सभा निर्वाचन लक्षित भर्ना गरिएका निर्वाचन प्रहरीको तालिम सकियो


567
Shares

गोरखामा प्रतिनिधि सभा निर्वाचन लक्षित भर्ना गरिएका निर्वाचन प्रहरीको तालिम सकियो

गोरखा, २९ माघ । गोरखामा प्रतिनिधि सभा निर्वाचन लक्षित भर्ना गरिएका निर्वाचन प्रहरीको तालिम सकिएको छ । २१ फागुनमा हुने निर्वाचनका लागि भर्ना गरिएको निर्वाचन प्रहरीको १० दिने तालिम मंगलबार सम्पन्न भएको जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी नायब उपरिक्षक एबम् सुचना अधिकारी राजकुमार श्रेष्ठले जनाकारी दिनुभयो ।

तालिम सम्पन्न भएपछि फिल्डमा उत्रने बताइएको थियो । तर बन्दोबस्तीका सामान (लौरो, सिट्टी, पोशाक, जुत्ता) हरू तयारी नभएका कारण फिल्डमा उत्रन भने केही दिन लाग्ने भएको उहाँले बताउनुभयो ।

सुचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार पोशाक तयार भइनसकेका कारण फिल्डमा उत्रन अझै केही दिन लाग्नेछ । देशैभरी सञ्चालन गरिएको निर्वाचन प्रहरीको तालिम भने सकिएको छ ।

निर्वाचनलाई लक्षित गरेर गोरखामा २ हजार २ सय ४ जना निर्वाचन प्रहरी भर्ना गरीएको थियो । आगामी निर्वाचनमा गोरखामा नेपाल प्रहरीबाट १ हजार ९ सय ८६ जना सुरक्षाकर्मी परिचालन हुँदैछन् ।

गोरखामा नेपाली सेना, शसस्त्र प्रहरीबल नेपालका सुरक्षाकर्मी पनि आश्यकताको आधारमा परिचालन गरीने जिल्ला प्रशासन कार्यलय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology