Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

तोकिएको मितिमै निर्वाचन हुन्छः संयोजक प्रचण्ड


651
Shares

तोकिएको मितिमै निर्वाचन हुन्छः संयोजक प्रचण्ड

कास्की, २९ माघ । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले तोकिएको मितिमै निर्वाचन हुने भएकाले निर्वाचन प्रक्रियामा जुट्न निर्देशन दिएका छन्।

पोखरामा आज आयोजित पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संयोजक दाहालले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सुनिश्चित भएकाले प्रचारप्रसार अभियानमा सक्रिय हुन काममा जुट्न निर्देशन दिनुभएको हो ।

निर्वाचन हुँदैन की भन्ने द्विविधाबाट मुक्त भई अबको तीन हप्ता पार्टीलाई दिन अनुरोध गर्दै उहाँले भन्नुभयो, “जेनजी आन्दोलनपछि मुलुकमा विकसित असाधारण परिस्थितिमा हुनलागेको निर्वाचनको परिणाम नेकपाको पक्षमा ल्याउन देशभरका नेता, कार्यकता तथा शुभेच्छुक आआफ्नो ठाउँबाट खटिन आवश्यक छ, आजैदेखि सक्रिय भई आफ्ना उम्मेदवारलाई जिताउन अघि बढ्नुहोस् ।”

“निर्वाचनको अन्तिम अवस्थामा अन्य पार्टीसँग चुनावी तालमेल गरी नेकपाले उम्मेदवारी निष्कृय गराउने हल्ला फैलाउन सक्नेतर्फ सचेत गराउँदै अहिलेको निर्वाचनमा कुनै पनि किसिमको समीकरण वा तालमेल गर्ने पक्षमा छैनौँ, आफ्नै खुट्टामा उभिएर आमजनताको विश्वास जिती संसदमा ठुलो पार्टी बन्न चाहन्छौँ”, संयोजक दाहालले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology