Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

निर्वाचन प्रहरीको तालिम सकियो, बन्दोबस्तीका सामान तयार भएपछि मात्रै फिल्डमा जाने


903
Shares

निर्वाचन प्रहरीको तालिम सकियो, बन्दोबस्तीका सामान तयार भएपछि मात्रै फिल्डमा जाने

 

काठमाडौं, २८ माघ । प्रतिनिधि सभा निर्वाचन लक्षित भर्ना गरिएका निर्वाचन प्रहरीको तालिम सकिएको छ । २१ फागुनमा हुने निर्वाचनका लागि भर्ना गरिएको निर्वाचन प्रहरीको १० दिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिम सम्पन्न भएपछि फिल्डमा उत्रने बताइएको थियो । तर बन्दोबस्तीका सामान लौरो, सिट्टी, पोशाक, जुत्ताहरू तयारी नभएका कारण फिल्डमा उत्रन भने केही दिन लाग्ने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार पोशाक तयार भइनसकेका कारण फिल्डमा उत्रन अझै केही दिन लाग्नेछ । देशैभरी सञ्चालन गरिएको निर्वाचन प्रहरीको तालिम भने सकिएको छ ।

आगामी निर्वाचनमा ३ लाख ३८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् । नेपाली सेना मात्रै ७९ हजार ७२७ जना परिचालन हुन्छन् । नेपाल प्रहरी ७५ हजार ५९७ जना परिचालन हुन्छन् । प्रहरीमातहत नै रहने गरी १ लाख ३० हजार ९८० निर्वाचन प्रहरी परिचालन हुन्छन् ।

३४ हजार ५७६ सशस्त्र प्रहरी निर्वाचनमा परिचालन हुन्छन् । सशस्त्र प्रहरी मातहत नै रहनेगरी १५ हजार ११० निर्वाचन प्रहरी परिचालन हुन्छन् ।

त्यस्तै १ हजार ९२१ गुप्तचर पनि परिचालन हुन्छन् । चारै वटा सुरक्षा निकाय र निर्वाचन प्रहरी समेत गरेर ३ लाख ३३ हजार ९८० सुरक्षाकर्मी निर्वाचनमा खटिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology