Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

फागुन ३ देखि गोरखामा मतदाता शिक्षा अभियान सुरु हुने


1.4K
Shares

फागुन ३ देखि गोरखामा मतदाता शिक्षा अभियान सुरु हुने

गोरखा, २८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गोरखामा मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरिएको छ । निर्वाचनमा मतदाताको सहभागिता बढाउने र बदर मत घटाउने उद्देश्यले जिल्लाका ११ वटै स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय गोरखाका सुचना अधिकारी रबिलाल सुबेदिले जानकारी दिनुभयो ।

आगामी फागुन ३ देखि १७ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमका लागि बालविकास सहजकर्ता, मातृशिशु कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका वा सामुदायिक सेवा केन्द्रका परिचालकमध्ये अनुभवीलाई स्वयंसेवक नियुक्त गरिने सुचना अधिकारी सुबेदिले बताउनुभयो ।

अघिल्लो निर्वाचनमा खटिएर राम्रो काम गरेका स्वयंसेवकलाई पहिलो प्राथमिकतामा राखिएको उहाँको भनाइ छ । उहाँका अनुसार पहिलो चरणमा प्रत्येक नगर तथा गाउँपालिकाले तोकेका एक–एक जना निर्वाचन सम्पर्क व्यक्तिलाई ‘मतदाता शिक्षा अनुगमनकर्ता अभिमुखीकरण’ प्रदान गरिएको छ ।

अनुगमनकर्ताहरूले मतदाता शिक्षा कार्यक्रमका लागि नियुक्त भएका स्वयंसेवकलाई आ–आफ्नो पालिकामा अभिमुखीकरण गरी कार्यक्रम सञ्चालनको व्यवस्था मिलाउने निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

स्वयंसेवकलाई मतदाता शिक्षामै केन्द्रित हुने गरी परिचालन गर्न लागिएको र मत बदर नहुने गरी उनीहरूले घरदैलोमा पुगेर मतदातालाई शिक्षा दिने निर्वाचन सुचना अधिकारी सुबेदिले बताउनुभयो ।

निर्वाचन शिक्षाका लागि आवश्यक पर्ने नमुना मतपत्रलगायतका सामग्री जिल्लामा आइपुगेको र तिनको व्यवस्थापनमा कर्मचारीहरू जुटिरहेको कार्यालयले जनाएको छ ।

यसैबिच, निर्वाचन आयोगले श्रव्यदृश्य र विभिन्न सन्देशमूलक सामग्री तयार गरी आयोग तथा जिल्ला निर्वाचन कार्यालयको फेसबुक, युट्युब, एक्स ९ट्विटर० र भाइबरमार्फत नियमित रूपमा प्रकाशन तथा प्रसारणको व्यवस्था समेत मिलाएको निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology