Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

गोरखामा मोटरसाईकल दुर्घटना : एक जनाको अवस्था गम्भीर


1.2K
Shares

गोरखामा मोटरसाईकल दुर्घटना : एक जनाको अवस्था गम्भीर

 

गोरखा, २४ माघ । गोरखमा सवारी दुर्घटनामा परेको छ । बेनीघाट–लार्के सडक खण्डको न्याकचेतबाट जगततर्फ आउँदै गरेको मोटरसाईकल दुर्घटना हुँदा एक महिलाको अवस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी नायब उपरिक्षक एबम् सुचना अधिकारी राजकुमार श्रेष्ठले जनाकारी दिनुभयो ।

शनिबार दिउँसो १३ः३० बजे चुमनुब्री गाउँपालिका वडा नं. ३ घट्टेखोलास्थित सडकको ढुङ्गामा ठोकिएपछि बा.प्र.०२–००५६ प ४८८५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको उहाँले बताउनुभयो ।

मोटरसाईकलको पछाडि सवार चुमनुब्री–३ जगतकी ३७ वर्षीया सरस्वती कार्की सडकबाट ३० मिटर तल खसेर गम्भीर घाईते हुनुभएको श्रेष्ठले जानकारी दिनुभयो । कार्कीको टाउकोमा चोट लागेको छ,उहाँले भन्नुभयो, “सामान्य बोल्न सक्ने अवस्थामा भए पनि अवस्था गम्भीर रहेको छ ।’’ ४२ वर्षीय चालक मंगल गुरुङ भने सकुशल छन् ।

घाइते कार्कीलाई तत्काल उद्धार गरी जगत सामुदायिक स्वास्थ्य एकाइमा लगी उपचार गरिएको छ । घटना बारे थप अनुसन्धान सुरु गरेको गोरखा प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology