Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

गोरखमा इजाजतप्राप्त ४१ थान हतियार बुझाइए


917
Shares

गोरखमा इजाजतप्राप्त ४१ थान हतियार बुझाइए

 

गोरखा,२३ माघ । गोरखामा विभिन्न व्यक्तिले इजाजत लिएर राखेका ४१ थान हतियार जिल्ला प्रशासन कार्यलयलाई बुझाइएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गोरखा प्रशासनले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको थियो । सो निर्देशनपछि ४१ थान हतियार प्राप्त भएको जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो ।

हतियार राखेका व्यक्तिले आफूलाई पायक पर्ने नजिकको प्रहरी चौकीमा पुगेर माघ २० गते भित्र हतियार बुझाउन जिल्ला प्रशासनले आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालय गोरखाको अनुसार जिल्लामा प्रत्येक वर्ष इजाजत प्राप्त हतियार नवीकरण हुँदै आएका छन् । निर्वाचनलाई शान्तपूर्ण वातावरणमा सम्पन्न गर्न प्रशासनले माघ २० गतेभित्र हतियार बुझाउन आग्रह गरेको थियो ।

प्रशासनले जारी गरेको सूचना अनुसार हतियार बुझाउने समय मङ्गलबार सकिएको छ । निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन हतियार खरखजाना ऐन २०१९ को दफा ८ बमोजिम प्रत्येक निर्वाचनका बेला जिल्लाका विभिन्न व्यक्तीसँग इजाजतसहित भएका हतियार प्रहरीलाई बुझाउन आग्रह गर्दै आएको छ । केही समयका लागि हतियार प्रशासनलाई बुझाउन भने पनि निश्चित समयपछि फिर्ता गरिन जिल्ला प्रशासन कार्यलय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology