Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

भारत केरलाका युवक गोरखा बजारमा झुण्डीएको अवस्थामा फेला


756
Shares

भारत केरलाका युवक गोरखा बजारमा झुण्डीएको अवस्थामा फेला

गोरखा, २३ माघ । भारतको केरला निवासी १ जना युवक गोरखा बजारको एक होटलमा झुण्डीएको अवस्थामा फेला परेको छ । सदरमुकामको लोकतान्त्रिक चोकमा रहेको होटल मिराकलमा बस्दै आएका बिकास नाम गरेका २७ बर्षीय युवक झुण्डीएको अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर बिकले जानकारी दिनुभयो । उहाँका अनुसार घुम्न आएका उनी गएको माघ २० गतेदेखी नै उक्त होटलमा बस्दै आएका थिए ।

२२ गते दिउसो १ बजेसम्म पनि उनी नउठेको जानकारी पाए लगत्तै होटलका कर्मचारीहरुले मास्टर कि प्रयोग गरेर ढोका खोली हेर्दा झुण्डीएको अवस्थामा फेला परेको थियो ।

लगत्तै प्रहरीलाई खबर गरेपछी प्रहरीले आवश्यक कानूनी मुचुल्क सहित शव गोरखा अस्पतालको शव गृहमा राखिएको बिकले बताउनुभयो ।

मृत्तकका आफन्त भारतबाट आउदै गरेकोले पोष्टमार्टम पछी शव आफन्तलाई बुझाउने र आवश्यक अनुसन्धान सुरु गर्ने पनि गोरखा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology