Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखाको दुवै निर्वाचन क्षेत्रको बास्तविक नमूना मतपत्र सार्वजनिक


1.9K
Shares

गोरखाको दुवै निर्वाचन क्षेत्रको बास्तविक नमूना मतपत्र सार्वजनिक

गोरखा, २१ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले छापेर जिल्ला पठाएको मतपत्रको नमूना सार्वजनिक गरिएको छ । आयोगले गोरखा पठाएको दुवै क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरिएको हो ।

आयोगले जिल्लामा पठाएको मतपत्र उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको छ । उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रमा सानो मतपत्र छापेर पठाएको छ ।

जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रबिलाल सुवेदीका अनुसार गोरखा क्षेत्र नम्बर १ को लागि १२ वटा चुनाव चिन्ह भएको मतपत्र र क्षेत्र नम्बर २ को लागि १० वटा चुनाव चिन्ह भएको मतपत्र रहेका छन् ।

र निर्वाचन आयोगबाट केही दिन अगाडी मात्र प्राप्त उक्क मतपत्र रुजु गरेर पठाएकोले केही दिन भित्रै छापिएर गोरखा आउने पनि उहाँले बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार गोरखा जिल्लामा आसन्न निर्वाचनकोलागि कुल २ लाख २९ हजार ५८ जना बालिकले मतदान गर्न योग्य देखिएको छ । जस अन्तरर्गत क्षेत्र नम्बर १ मा १ लाख २० हजार ५२५ जना र क्षेत्र नम्बर २ मा १ लाख ८ हजार ५३३ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology