Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखाको ८३ वटा मतदान केन्द्र अति संवेदनशिल स्थानको रुपमा घोषणा


1.9K
Shares

गोरखाको ८३ वटा मतदान केन्द्र अति संवेदनशिल स्थानको रुपमा घोषणा

गोरखा, २० माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनकोलागि गोरखाको ८३ वटा मतदान स्थललाई अति संवेदनशिल स्थानको रुपमा घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिको हालै सम्पन्न बैठकले जिल्ला भित्र रहेको कुल २२५ मतदान केन्द्र मध्य ८३ वटा मतदान केन्द्र अति संवेदनशिल रहेको निर्णय भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला भरको सबै मतदान केन्द्र अनुगमन पछि उक्त निर्णय भएको हो । जस अन्तरर्गत क्षेत्र नम्बर १ मा रहेको कुल १३१ मतदान केन्द्र मध्य २९ वटा अति संवेदनशिल, ९५ मतदान केन्द्र संवेदनशिल र ७ मतदान केन्द्र सामान्य रहेको छ ।

उता क्षेत्र नम्बर २ मा रहेको कुल ९४ मतदान केन्द्र मध्य ५४ मतदान केन्द्र अति संवेदनशिल, ३६ मतदान केन्द्र संवेदशिल र ४ सामान्य रहेको पनि सुरक्षा समितिले निक्यौल गरेको छ । सुरक्षा समितिले हालै गरेको निर्णय अनुसार गोरखा नगरपालिका भित्र रहेको २५ मतदान केन्द्र मध्य ३ अति संवेशनशिल, १३ संवेदशिल र ९ मतदान केन्द्र सामान्य रहेको छ ।

त्यस्तैगरी पालुङटार नगरपालिका भित्र रहेको २४ वटै मतदान केन्द्रलाई अति संवेदशिल भनेर निक्यौल गरिएको छ । त्यस बाहेक पनि क्षेत्र नम्बर १ को गण्डकी गाउँपालिकामा रहेको २० मतदान केन्द्र मध्य ७ अति संवेदनशिल र १३ सामान्य, शहिद लखन गाउँपालिकामा रहेको २२ मतदान केन्द्र मध्य ५ अति संवेदनशिल, १५ वटा संवेदनशिल र २ सामान्य तथा भिमसेन थापा गाउँपालिका भित्र रहेको १८ मतदान केन्द्र मध्य ७ अति संवेदनशिल र ११ संवेदनशिल मानिएको छ ।

त्यस्तैगरी, आरुघाट गाउँपालिकामा रहेको १८ मतदान केन्द्र मध्य ४ अति संवेदनशिल र १४ वटा संवेदनशिल, धार्चे गाउँपालिका भित्र रहेको १७ मतदान केन्द्र मध्य ४ अति संवेदनशिल र १३ वटा संवेदनशिल तथा चुमनुब्री गाउँपालिकामा रहेको २३ मतदान केन्द्र मध्य २ अति संवेदनशिल र २१ वटा संवेदनशिल मानिएको छ । क्षेत्र नम्बर २ को पालुङटार नगरपालिका २४ वटै अति संवेदनशिल, सिरानचोक गाउँपालिकामा रहेको २३ मतदान केन्द्र मध्य १५ अति संवेदनशिल र ८ वटा संवेदनशिल, अजिरकोट गाउँपालिकामा रहेको १५ मतदान केन्द्र मध्य ६ अति संवेदनशिल र ९ वटा संवेदनशिल तथा बारपाक सुलिकोट गाउँपालिकामा रहेको २० मध्ये ६ अति संवेदनशिल र १४ वटा संवेदनशिल केन्द्र मानिएको छ ।

यता गोरखा नगरपालिका क्षेत्र भित्र रहेको २५ मतदान केन्द्र मध्य ३ अति संवेदनशिल, १३ संवेदनशिल र ९ वटा मतदान केन्द्र सामान्यमा परेको छ । गोरखा नगरपालिका १ देखी ७ सम्म क्षेत्र नम्बर १ र ८ देखी १४ क्षेत्र नम्बर २ मा पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology