Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखमा निर्वाचन प्रहरीलाई तालिम दिन सुरु


1.5K
Shares

गोरखमा निर्वाचन प्रहरीलाई तालिम दिन सुरु

गोरखा, १९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा छनोट भएका निर्वाचन प्रहरीलाई गोरखामा आइतबारदेखि तालिम दिन सुरु गरिएको छ । निर्वाचन सुरक्षाका लागि परिचालन हुने निर्वाचन प्रहरीलाई दस दिने अनुशिक्षण तालिम दिन थालिएको हो ।

गोरखाको हरमटारी खेलकुद मैदानमा सुरु भएको तालिमको जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी नायब उपरीक्षक प्रहरी प्रमुख भरत बहादुर बिकले उद्घाटन गर्नुहुँदै निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन प्रहरीको महोत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

उहाँले तालिमबाट प्राप्त भएका सीप र ज्ञानलाई व्यवहारमा उतारेर निर्वाचनलाई सफल पार्नुपर्ने बताउनुभयो । निर्वाचनका समयमा खटिने सुरक्षाकर्मीहरूसँगको समन्वयमा निर्वाचन प्रहरीले निष्पक्ष भएर काम गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । निर्वाचन प्रहरीले सुरक्षाकर्मीसँग मिलेर मतदान स्थलको सुरक्षा,भयरहित वातावरण बनाउन र मतपेटिकाको ढुवानी लगायतका विषयहरूमा सहयोग पु¥याउनुपर्ने प्रहरी प्रमुख बिकले बताउनुभयो ।

तालिम अवधिभर निर्वाचन प्रहरीलाई मतदान स्थलको जानकारी,सुरक्षा,भीड नियन्त्रण गर्ने तरिका,निर्वाचन ऐन कानुन सम्बन्धी जानकारी लगायतका विषयमा तालिम दिइने जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ । निर्वाचनलाई लक्षित गरेर गोरखामा २ हजार २ सय ४ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology