Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा पहिलो पटक पृथ्वीनारायण गोल्ड कप हुँदै


1.4K
Shares

गोरखामा पहिलो पटक पृथ्वीनारायण गोल्ड कप हुँदै

 

गोरखा, १९ माघ । गोरखामा हुन लागेको पहिलो पृथ्वीनारायण गोल्ड कपमा ८ वटा क्लबको सहभागिता रहने भएको छ । आयोजना जिल्ला खेलकुद बिकास समिति गोरखाले सदरमुकाममा पत्रकार सम्मेलन गर्दै गोल्ड कपमा ८ वटा क्लबको सहभागिता रहने जानकारी दिएको हो ।

समितिका अध्यक्ष प्रेम बहादुर तामाङले पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा फुटबल क्लब, प्लानिङ ब्वाईज यूनाईटेड, चित्लाङ फुटबल क्लब, सात दोबाटो यूथ क्लब, श्री भवगवती क्लब र गोरखा स्र्पोट क्लबको सहभागिता रहने जानकारी दिनुभयो ।

उहाँले कुन कुन क्लब बिच खेल हुने भन्ने बारेमा केही दिन भित्रै टाइसिट तयार पारेर सार्वजनिक गरिने बताउनुभएको छ । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणकालागि खेलकुद’ नारा दिएको गोल्क कप माघ २४ गते शनिबारदेखी सुरु भएर फागुन २ गते शनिबार सम्पन्न हुने छ । समितिले दर्शककालागि भनेर प्यारा मिटर निर्माणकालागि हिजोदेखी आवश्यक सामाग्रीहरु झारेर कामको थालनी गरेको छ ।

प्यारा मिटरमा बसेर हेर्नकालागि सेमिफानल र फानल खेल बाहेककालागि बिधार्थीहरुकोलागि रु ५० र सर्व साधारणकालागि रु १०० दरको टिकट लाग्ने भएको छ ।

गोरखा नगरपालिका–१० को छेवेटारमा रहेको खेलकुद मैदानमा हुने आमन्त्रित गोल्ड कपमा बिजेताले ८ लाख र उप–बिजेताले ४ लाख नगद पुरस्कार पाउने पनि आयोजक संस्थाले जानकारी दिएको छ । खेल अबधिभर ८२ लाख खर्च हुने अनुमान गरेको समितिले जानकारी दिएको छ । प्रतियोगितामा विभागीय टोलीलाई समेत समावेश गर्न पहल भईरहेको जिल्ला खेलकुद बिकास समितिले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology