गोरखा, १८ माघ । हिजो गोरखाको आरुघाट क्षेत्रमा मोटरसाइकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा जिल्ला धार्चे गाउँपालिका(२ केरौजा निवासी ३० बर्षिय मन बहादुर गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
प्रहरीका अनुसार हिजो शनिबार साझ ६ बजे आरुघाट गाउँपालिका(३ घुमाउने स्थितमा आरुघाटबाट माछीखोला तर्फ जाँदै गरेको ग १८ प ३५४४ अपाचे नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडकको बाँया भित्तामा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा गुरुङ टाउको र अनुहारमा गंभिर चोट लागेपछी प्रहरीले उद्धार गरेर आरुघाट आधारभुत अस्पताल ल्याईएकोमा हिजो राती ९स्३० चिकित्कहरुले मृत घोषण गरेको थियो ।
दुर्घटनाको सम्बन्धमा गोरखा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।