Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

वाईसीएल नेपाल बारपाक सुलिकोटको युवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न


966
Shares

वाईसीएल नेपाल बारपाक सुलिकोटको युवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

गोरखा, १७ माघ । योङ कम्युनिस्ट लीग ९थ्ऋी० नेपाल, बारपाक सुलिकोट गाउँपालिका समिति, गोरखाको आयोजनामा युवा भेला तथा प्रशिक्षण कार्यक्रम आज ताकुकोटमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य तथा बारपाक सुलिकोट गाउँपालिकाका जननिर्वाचित अध्यक्ष बिष्णु भट्टको प्रमुख आतिथ्यता रहेको थियो। साथै, कार्यक्रममा नेकपा बारपाक सुलिकोटका स्थानीय नेता–कार्यकर्ता तथा थ्ऋी नेपाल गोरखा इन्चार्ज सागर श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो।

भेलामा बारपाक सुलिकोट गाउँपालिकाका विभिन्न वडाबाट आएका युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले वर्तमान राजनीतिक अवस्था, युवाको भूमिका, संगठन सुदृढीकरण र जनमुखी राजनीतिको आवश्यकता विषयमा प्रशिक्षण तथा धारणा प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा विशेष रूपमा गोरखा क्षेत्र नं। २ मा नेकपाका उम्मेद्वार लेखनाथ न्यौपानेलाई प्रचण्ड मतसहित विजयी गराउने उद्देश्यसहित युवा परिचालन योजना, प्रचार–प्रसारका रणनीति तथा संगठनात्मक कार्ययोजना तर्जुमा गरिएको थियो। आगामी निर्वाचनलाई लक्षित गर्दै टोल–टोलमा युवा परिचालन, मतदाता सम्पर्क अभियान, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग तथा अनुशासित संगठन निर्माणमा केन्द्रित रहने निर्णय गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम सौहार्दपूर्ण र ऊर्जाशील वातावरणमा सम्पन्न भएको जनाउँदै सहभागीहरूले युवाशक्ति नै परिवर्तनको मुख्य आधार भएको निष्कर्ष निकालेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology