काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ट नेता बालेन्द्र शाह बालेनको काठमाडौंस्थित घरको गेटमा तोडफोड भएको छ ।
शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको प्रहरी परिसर, काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिनुभयो ।
चोरले गेट फुटाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । चोरीको आशंकामा अनुसन्धान गरिरहेको डीएसपी बुढाथोकीले बताउनुभयो ।
झापा(५ बाट चुनाव लडेका बालेन हाल चुनावी प्रचारका लागि कर्णाली पुगेका छन् । घरमा को(को थिए ? के चोरी भयो या भएन भन्नेबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।