काठमाडौं, १६ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डु ले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रूपमा रहेको रूकुम पूर्वमा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेदवार बनेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित रुकुम ९पूर्व० का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले रुकुम ९पूर्व० नेपालको गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्र भएकाले आफू यहाँबाट उम्मेदवार बनेको बताउनुभयो ।
पूर्वी रूकुमको चुनवाङ बैठकबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने निष्कर्ष निकालिएको स्मरण गर्दै उहाँले चुनवाङ बैठकले महिला, जनजाति, मधेसी, थारुलगायत उत्पीडित समुदायलाई पहिचानसहित अधिकार दिने उद्घोष गरेको बताउनुभयो ।
चुनवाङ बैठक नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमासमेत परिचित रहेको उहाँको भनाइ छ । त्यस्तै रुकुम पूर्वकै लवाङ बैठकमा पार्टीभित्र एतिहासिक विचारधारात्मक बहस भएको पनि स्मरण गर्नुभयो ।
देश खासगरी जेनजी आन्दोलन भदौ २३ को र २४ को विध्वंशपछि असाधारण जटिल परिस्थितिवाट गुज्रिएको छ । राष्ट्र निकै ठूलो अफ्ठ्यारोमा छ ।
त्यसकारण राष्ट्रलाई एकताबद्ध गर्ने अनि आन्दोलनलाई एउटा नयाँ उचाइ दिने र देशभरी समाजवाद निर्माणको एउटा नयाँ सन्देश दिने उपयुक्त थलो कुन हुन सक्छ भन्दा हाम्रो पार्टीले र मैले रुकुम पूर्व नै त्यस्तो ठाउँ हो हुनसक्छ भनेर आएँ, उहाँले भन्नुनभयो ।