Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

घण्टी बजाएर केही हुनेवाला छैन : संयोजक प्रचण्ड


1.1K
Shares

घण्टी बजाएर केही हुनेवाला छैन : संयोजक प्रचण्ड

काठमाडौं, १३ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सोसल मिडिया स्टन्टबाज गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका एकता पक्षधरसँगको एकता घोषणा कार्यक्रममा बोल्दै उहाँले पार्टीमा विचार र सिद्धान्तको खडेरी भएकाले निर्वाचनको बेलामा सोसल मिडियामा स्टन्टबाज गर्ने बाहेक अरु केही गर्न नसकेको आरोप लगाउनुभयो ।

‘घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन । अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी सोसल मिडियामा स्टन्टबाज गरेको भरमा जनताको दिमाग चाट्ने जो काम भइराखेको छ । यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्न सकिन्छ,’ प्रचण्डले भनेका छन् ।

सबै वामपन्थी शक्तिहरू एकतावद्ध भएर अघि बढेमात्रै मुलुक र जनताको हित हुने प्रचण्डको भनाइ थियो । ‘बाँकी रहेका सबै युवा र पुराना कमरेडहरुले पनि सोच्नुहोस् हामी सबै मिलेर एउटा विशाल भवन निर्माण गरौ–समाजवादी भवन । त्यसले मात्रै देश र जनताको सेवा गर्छ,’ उहाँले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology