Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा सहकारिता ऐन र व्यवस्थापनसम्बन्धी अन्तरक्रिया सम्पन्न


1.2K
Shares

गोरखामा सहकारिता ऐन र व्यवस्थापनसम्बन्धी अन्तरक्रिया सम्पन्न

 

गोरखा, १३ माघ । गोरखामा सहकारिता ऐन, नियम तथा समसामयिक विषयका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पोखरास्थित सहकारी रजिष्ट्रारको कार्यालयको आयोजना र जिल्ला सहकारी संघ लि. गोरखाको समन्वयमा सोमबार सम्पन्न कार्यक्रममा सहकारी क्षेत्रका वित्तीय व्यवस्थापन, ऋण सीमांकन, वित्तीय स्रोत सङ्कलन, अभिलेखीकरण तथा गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२ ÷ ०८३ को नीति तथा कार्यक्रमका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका अमृत प्रसाद कडेलले वित्तीय व्यवस्थापन र सहकारीका ऋण सीमा निर्धारण, वर्गीकरण तथा अभिलेखीकरणका आवश्यक विवरणबारे विस्तृत रूपमा जानकारी गराउनुभयो। उहाँले प्रदेशको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश सहकारी सम्बन्धी योजनाहरूलाई प्रभावकारी कार्यान्वयन गर्न सबै सहकारी संस्थाहरू सहकार्यमा जुट्नुपर्ने बताउनुभयो ।

त्यस्तै, सहकारीको कर्तव्य, अधिकार र नियमनका विषयमा गण्डकी प्रदेश कार्यलय, कास्कीका रजिस्ट्रार भेषराज रिजालले कार्यपत्र प्रस्तुत गर्नुभयो। उहाँले सहकारीमा वित्तीय अनुशासन र पारदर्शिताको अभावले उत्पन्न हुने समस्या रोक्न प्रभावकारी नियमन आवश्यक रहेको उल्लेख गर्नुभयो । साथै, प्रदेशअन्तर्गतका सहकारीहरूको सांख्यिक विवरण सार्वजनिक गर्न र लेखापरीक्षण प्रणाली सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक भरत बहादुर बिकले सहकारी संस्था र सहकारीका कार्यालयहरूमा चोरीजस्ता आपराधिक गतिविधि रोकथामका लागि सायरन जडान, निगरानी उपकरणको प्रयोग र रात्री सुरक्षाको व्यवस्था अपनाउन आग्रह गर्नुभयो । उहाँले अपराध नियन्त्रणमा सामूहिक सहयोग र सचेतना महत्वपूर्ण रहेको बताउनुभयो ।

गण्डकी प्रदेश सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापा मगर, जिल्ला सहकारी संघ लि।का अध्यक्ष हरीराम अधिकारी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न सहकारी संस्थाका प्रमुख र प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology