Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

दक्षिण कोरियाबाट आयात हुने सामानमा २५ प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा


1K
Shares

दक्षिण कोरियाबाट आयात हुने सामानमा २५ प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

काठमाडौं, १३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने सामानमा लाग्ने ट्यारिफ २५ प्रतिशत पुर्‍याउने घोषणा गरेका छन् ।

कार, काठजन्य सामग्री, औषधि तथा अन्य उत्पादनमा लाग्ने ट्यारिफ १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा छ । यो जानकारी सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ’ मार्फत् दिएका छन् ।

ट्रम्पले यसलाई ‘रेसिप्रोकल ट्यारिफ’ भनेका छन् । कुनै देशले अमेरिकी सामानमा बढी आयात शुल्क लगाउँछ भने अमेरिकाले पनि त्यस देशबाट आउने वस्तुमा बढी आयात शुल्क अर्थात् ट्यारिफ लगाउने नीति नै ‘रेसिप्रोकल ट्यारिफ’ हो ।

दक्षिण कोरियाले गत वर्ष भएको व्यापार सम्झौतामा ‘ठीकसँग कार्यान्वयन नगरेको’ आरोप लगाउँदै ट्रम्पले ट्यारिफ वृद्धिको घोषणा गरेका हुन् ।

ट्रम्पका अनुसार दक्षिण कोरियाको संसदले उक्त सम्झौतामा अनुमोदन दिन ढिलाइ गरेको छ । अमेरिकाले भने सम्झौताअनुसार आफ्ना ट्यारिफ छिटो घटाइसकेको ट्रम्पको भनाइ छ ।

यता, दक्षिण कोरियाले भने ट्यारिफ बढाउने अमेरिकी निर्णयबारे आफूलाई कुनै आधिकारिक जानकारी नआएको जनाएको छ ।

साथै, यस विषयमा अमेरिकासँग तत्काल वार्ता गर्नुपर्ने धारणा दक्षिण कोरियाको रहेको बीबीसीले जनाएको छ ।

दक्षिण कोरियाबाट अमेरिकाले मुख्यतस् औद्योगिक र उच्च प्रविधिका सामान आयात गर्छ । खासगरी कार र अटो पार्ट्स ९हुन्डाई, किआजस्ता ब्रान्डका गाडी र त्यसका पार्ट्स०हरु प्रमुख छन् ।

साथै सेमिकन्डक्टर चिप, मोबाइल फोन, टिभी, डिस्प्ले प्यानल, भारी मेसिन, प्लास्टिक, रासायनिक कच्चा पदार्थ, स्टिल शीट, पाइप, अन्य धातुजन्य सामग्री, केही औषधि, मेडिकल टेक्नोलोजीका उपकरण, जहाज तथा समुद्री उपकरण, लिथियम ब्याट्री र इलेक्ट्रिक गाडीका कम्पोनेन्टहरु अमेरिकाले दक्षिण कोरियाबाट आयात गर्ने प्रमुख सामानमा पर्दछन् । यी क्षेत्रमा ट्यारिफ बढ्दा दुवै देशका उद्योग र उपभोक्तामा प्रत्यक्ष असर पर्न सक्ने आँकलन छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology