Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सिरानचोक –६ गाँखुमा आँखा जाँच तथा निशुल्क शल्यक्रिया शिविर सम्पन्न


1K
Shares

सिरानचोक –६ गाँखुमा आँखा जाँच तथा निशुल्क शल्यक्रिया शिविर सम्पन्न

गोरखा, ११ माघ । जिल्लाको सिरानचोक गाउँपालिका–६ को गाँखु स्वास्थ्य चौकिमा भएको २ दिने निशुल्क आँखा जाँच तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सम्पन्न भएको छ ।

शिविर सिरानचोक गाउँपालिका, नेपाल नेत्रज्योति संघ र भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा सञ्चालन भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले जानकारी दिनुभयो।

शिविरमा ४३ जनाको मितियाबिन्दुको शल्यक्रिया गरिनुको साथै १०० जनालाइ निशुल्क चस्मा वितरण गरिएको छ ।

शिविरमा भरतपुर आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा। अमृत आचार्य, डा। अनिसा थापा, नेत्र अधिकृत विनोद पाण्डे तथा नेत्र सहायक अधिकृत सुवास सापकोटा लगायतको टोलीको सहभागीता रहेको थियो ।

शिविर सम्पन्न भए लगत्तै सहभागी स्वास्थ्यकर्मीहरुको टोलीलाई पालिकाले सम्मान गरेको थियो । शल्यक्रिया पूर्व पौष २० देखिदेखी ३० गतेसम्म सिरानचोक गाउँपालिकाको ८ वटै वडाहरुमा र माघ ७ गते गाँखु स्वास्थ्य चौकिमा गरि ७७५ जनाको आँखा जाँच गरिएकोमा ६६ जनामा मोतियाबिन्दु देखिएको उहाँले बताउनुभयो ।

 

त्यस्तै आँखाको जटिल समस्या भएकाहरुलाइ भरतपुर आँखा अस्पताल बाट नै सेवा दिने गरि रेफर गरिएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology