Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा सहित केही जिल्लामा निर्वाचन प्रहरीले कम दरखास्त, २ दिन म्याद थपियो


1.3K
Shares

गोरखा सहित केही जिल्लामा निर्वाचन प्रहरीले कम दरखास्त, २ दिन म्याद थपियो

गोरखा, १० माघ । गोरखा सहित केही जिल्लामा निर्वाचन प्रहरीको मागसङ्ख्या अनुसार आवेदन नपरेपछि भर्ना पनि कमी भएको छ । आवेदन नै कम परेको अनि अस्ति र हिजो आवेदकसँग लिइएको परीक्षामा कपिपय उत्तीर्ण नभएपछि कतै–कतै फेरि दरखास्तका लागि समय थप गरिएको छ  ।

आज र भोलि दरखास्त दिन सक्ने गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रहरी उपरिक्षक भरत बहादुर बिकले जानकारी दिनुभयो । गोरखामा आवश्यक संख्यामा निर्वाचन प्रहरी भर्ना हुन नसकेपछी सूचना नै जारीगरेर जिल्ला प्रहरी कार्यालय गोरखा, इलाका प्रहरी कार्यालय ठाँटीपोखरी, इलाका प्रहरी कार्यालय जौबारी र इलाका प्रहरी कार्यालय आरुघाटमा सम्पर्क राखी प्रहरीमा आवेदन दिन भनिएको छ ।

उता प्रहरी प्रधान कार्यालय नक्सासले गोरखा सहित बाग्लुङ, काभ्रे, सिन्धुपाल्चोक, धनकुटा, रामेछापलगायतका जिल्लामा मागभन्दा कम निर्वाचन प्रहरी उत्तीर्ण भएको जनाएको छ  । आउँदो फागुन २१ को चुनावका लागि आवश्यक निर्वाचन प्रहरी भर्ना गरी उनीहरुलाई तालिम दिने तयारी छ ।

रामेछापमा ४३३ जना अपुग भएपछि जिल्ला प्रहरी कार्यालय रामेछापले तेस्रो पटक म्यादसहित आवेदन माग गरेको जनाएको छ । १ हजार ३३३ जनाको लागि दरखास्त आह्वान गरेकोमा २ पटक म्याद थप गर्दा जम्मा ९०० जनाले मात्रै आवेदन पेश गरेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिनुभयो ।

यस्तै बाग्लुङमा ३ पटक म्याद थप गर्दा पनि आवश्यक सङ्ख्यामा आवेदन आउन सकेको छैन । बाग्लुङमा १ हजार २९८ जना नेपाल प्रहरीतर्फ माग गरिएको थियो । तर १ हजार ४८ जनाको मात्र आवेदन परेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

नेपाल प्रहरीतर्फ झन्डै १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको छ । छनोट भएकालाई यही माघ १५ देखि तालिम दिने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology