Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सिन्धुली – २ बागी विवाद : हरिबोलसहितका नेतालाई प्रचण्डले छलफलमा बोलाए


1.1K
Shares

सिन्धुली – २ बागी विवाद : हरिबोलसहितका नेतालाई प्रचण्डले छलफलमा बोलाए

काठमाडौ, ८ माघ । सिन्धुली–२ मा लेखनाथ दाहाल राजन विरुद्ध महेश्वर दाहालको बागी उम्मेदवारी दिलाएका नेकपाका नेता हरिबोल गजुरेलसहित लाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि बोलाउनुभएको छ ।

सिन्धुली–२ को टिकट विवाद सल्टाउन बागी उम्मेदवारका प्रस्तावक नेकपाका नेता गजुरेल र समर्थक सहितलाई प्रचण्डले काठमाडौं बोलाउनुभएको हो ।

आफुहरूलाई काठमाडौँ बोलाएको र बाटोमा आउँदै गरेको नेकपाका नेता गजुरेलले बताउनुभयो ।

प्रचण्डले बोलाएपछि आफूसहित उम्मेदवार महेश्वर दाहाल, जिल्ला पार्टी संयोजक पानीराज बम्जन र जिल्ला इन्चार्ज वसन्त माझी सिन्धुलीबाट काठमाडौं आउदै गरेको जानकारी दिनुभयो ।

‘प्रचण्डले बोलाउनुभएको छ अहिले हामी बाटोमा आउँदैछौँ। तर थप कुरा त्यहाँ गएपछि मात्र थाहा हुन्छ,’ उहाँले भन्नुनभयो । छलफल भएपनि आफूहरू आफ्नो अडानबाट पछि नहट्ने गजुरेलको भनाइ छ ।

‘अगाडि जाँदा चट्टान छ, पछाडि भीर छ । त्यहाँबाट खस्ने कुरा भएन, चट्टान फोडेरै भएपनि अगाडि बढ्ने हो संयोजकलाई त्यही कुरा राख्छौं,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology