Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

आफुलाई पार्टी अन्तरघातको चुनौती छैन : उमेद्वार प्रेम खत्री


1.4K
Shares

आफुलाई पार्टी अन्तरघातको चुनौती छैन : उमेद्वार प्रेम खत्री

गोरखा, ८ पुस । नेपाली काग्रेस गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उमेद्वार प्रेम खत्रीले आफुलाई पार्टीको अन्तरघातको चुनौती नभएको बताउनुभएको छ ।

गोरखा सदरमुकाममा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले विशेष महाधिवेशन ठिक छैन भन्नेहरुले पनि नवनिर्वाचित पार्टी सभापति गगनकुमार थापाले हस्ताक्षर गर्नुभएको टिकट लिएर चुनावमा होमिइसकेकाले अन्तरघातको चुनौती नभएको दावी गर्नुभएको हो ।

उमेद्वार खत्रीले विशेष महाधिवेशनले पार्टीलाई विभाजन गरेको नभई रुपान्तरित गरेको उल्लेख गर्नुभयो । काग्रेसका ८५ प्रतिसत क्रियाशिल सदस्यको चाहाना अनुसार विशेष महाधिवेशन भएकाले त्यसले पार्टी झनै वलियो र उर्जाशिल बनेको उमेद्वार खत्रीको भनाई छ । ‘‘गोरखामा जिल्ला अझै अन्तरघातको अवस्था मैले देखेको छैन् ।’ उहाँले भन्नुभयो ।

विगत लामोसमयदेखि सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल भएकाले पार्टीले आफुलाई विश्वास गरेर टिकट उपलब्ध गराएको बताउनुभयो । अवको एक हप्तापछि गाउँगाउँमा चुनावी अभियान सुरु गर्ने उहाँको भनाई छ । केहीदिन काठमाडौँ पोखरालगायतका क्षेत्रमा रहेका मतदाताहरुसंग भेटघाट र छलफल गरेर गाउँमा चुनावी अभियानमा केन्द्रीत हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology