Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मनोनयनका बिरुद्ध गोरखामा कुनै पनि उजुरी परेन:आज बेलुकी ५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने


931
Shares

मनोनयनका बिरुद्ध गोरखामा कुनै पनि उजुरी परेन:आज बेलुकी ५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने

 

गोरखा, ८ पुस । आगामी फागुन २१ लागेको प्रतिनिधिसभा सदस्यको उमेद्वार मनोनयनका बिरुद्ध गोरखामा कुनै पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्र रहेको गोरखा परेका २७ जनाको मनोनयनका बिरुद्ध आयोगले दिएको समय भित्र कसैको पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिृकत बिष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।

आयोग बुधबार विहान १० बजेदेखि बेलुकी ३ बजेसम्मको समय उमेद्वार विरुद्धको दावी विरोधको समय तोकेको थियो । माघ ८ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका रहेको छ ।

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर १ मा एक स्वतन्त्रसहित १३ जनाको उमेद्वारी परेको छ भने क्षेत्र नम्बर २ मा २ स्वतन्त्रसहित १४ जनाको उमेद्वारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology