म्याग्दी, ६ माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिनुभएको हो । आजै मन्त्री पदबाट राजीनामा दिएका उहाँले म्याग्दी पुगेर मनोनयन दर्ता गर्नुभएको हो । मनोनयनको क्रममा उहाँले पुराना दलले केही काम नगरेपछि आफू उम्मेदवारी दिन आएको बताउनुभएको छ ।
‘पुरानाले त ३५ वर्षसम्म केही गरेनन् । नयाँले केही गर्छन् कि रु,’ उहाँले भन्नुभयो, ‘यिनले के गर्छन् अब पछि थाहा हुन्छ । म चाहिँ अहिले कुनै पनि पार्टीको कुरा सुन्दिनँ । पुच्छर हुँदिनँ ।’