गोरखा ५ माघ । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले व्यक्तिगत महत्वाकांक्षा भन्दापनि राष्ट्रिय स्वाधिनता र भू–राजनैतिक सन्तुलनको आवश्यकताले आफुले गोरखा क्षेत्र नम्बर९२ बाट उम्मेद्बारी दिन लागेको बताउनुभएको छ ।
गोरखा सदरमुकाममा आज विहान आयोजित पत्रकारको भेटघाट कार्यक्रममा बोल्दै उहाँले यसअघि चुनाव नलड्ने घोषणा गरेको भएपनि पछिलो राजनीति परिस्थिति र गोरखाका जनताको अनुरोधलाई स्वीकार गरेर आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्बारी दिन लागेको बताउनुभयो ।
प्रतिनिधिसभा राज्यको जनप्रतिनिधिको सर्वोच्च थलो भएकाले त्यहाँ रहेर नै राष्ट्रिय स्वाधिनता, सर्वभौमसत्ता र सुरक्षा नीतिसम्बन्धी महत्त्वपूर्ण निर्णयहरु गर्नुपर्छ, उहाँले भन्नुभयो, “भू–राजनैतिक सन्तुलन मिलाएर देशलाई स्वाधिनताको मजबुत दिशातर्फ लैजान प्रतिनिधि सभामा सक्रिय भूमिका खेल्नुपर्छ भन्ने निष्कर्षमा पुगेकाले उम्मेदवारी लिन लागेको हुँ ।
संसद् बाहिरबाट भन्दा संसद् भित्र बसेर राष्ट्रहितका एजेन्डा प्रभावकारी रूपमा अघि बढाउन सकिने डा भट्टराईको भनाइ छ ।
लामो छलफलपछि आइतबार साँझ मात्रै उहाँले प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० बाट गोरखा९ २ मा उम्मेदवारी दिने निर्णय गर्नुभएको थियो ।