गोरखा,५ पुस । आसन्न प्रतिनिधी सभा निर्वाचनकोलागि राष्ट्रिय स्वतन्त्र पार्टीले गोरखाबाट सुदन गुरुङ र कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाउने भएको छ ।
रास्वपाको केन्द्रिय कमिटीले गोरखा क्षेत्र नम्बर १ मा जेनजी आन्दोलनका अभियान्ता सुदन गुरुङ र क्षेत्र नम्बर २ मा कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाउने निश्चित भएको हो ।
गुरुङ रास्वपामा हालै प्रवेश गरेका हुन भने बुर्लाकोटी महामन्त्री हुन । २०६९ को चुनावमा समेत बुर्लाकोटीले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका थिए ।