गोरखा, ५ पुस । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई गोरखा–२ बाट निर्वाचन लड्ने हुनुभएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवार बन्न भट्टराई सहमत भएको पार्टीका गोरखा जिल्ला इन्चार्ज यानप्रसाद भट्टले जानकारी दिनुभयो ।
आइतबार गोरखाका अगुवा नेताहरूसँगको छलफलपछि भट्टराई गोरखा–२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार बन्न सहमत भएको जिल्ला इन्चार्ज भट्टले बताउनुभयो ।
प्रलोपाको बैठकले आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । तर, गोरखा–२ मा चुनावी तालमेल हुने या नहुने भन्नेबारे निश्चित भइनसकेको भट्टले बताउनुभयो । यसअघि डा.भट्टराईले अव आफु चुनाव नलड्ने घोषणा गर्नुभएको थियो ।