Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा भेटियो गणपति डिलक्स


1.5K
Shares

त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा भेटियो गणपति डिलक्स

काठमाडौं,२९ पुस । त्रिशूली नदी किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स लेखिएको बस भेटिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेसी नजिकै त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा गाडीको पाटपुर्जा भेटिएको थियो ।

पाटपुर्जा भेटिएपछि खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं। १७ गण चितवन र नं। २३ मनकामना गण भानु तनहुँबाट खटिएको टोलीले बस फेला पारेको हो ।
२८ असार २०८१ बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस सडक माथिबाट आएको लेदोसहितको पहिरोले बगाउँदा त्रिशूली नदीमा खसेका थिए ।

एञ्जल डिलक्समा ३८ जना र गणपति डिलक्समा २७ जना यात्रु थिए । जसमध्ये तीन यात्रु हाम फालेर बाँचे । बाँकी ६२ यात्रु बेपत्ता भए । १४ जनाको शव निकालिएको थियो । बाँकी यात्रुको शव अझै बेपता छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology