Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा गोरखाका खनाल चयन


1.1K
Shares

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा गोरखाका खनाल चयन

गोरखा,२८ पुस । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा गोरखाका प्रदिप खनाल सर्वसम्मत रुपमा अध्यक्ष चयन हुनुभएको छ ।
तनहुँको दमौलीमा भएको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा गोरखाका खनाल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
सोही अधिवेशनले बरिष्ट उपाध्यक्ष ठाकुर प्रसाद शर्मा, उपाध्यक्षमा रामचन्द्र सापकोटा, सचिवमा सुरेन्द्र बास्तोला, कोषाध्यक्षमा भागवत् अर्याल र सह सचिवमा रमेश पौडेल सर्वसम्मत रुपमा चयन भएका छन् ।

सोही अधिवेशनले सदस्यहरुमा नवराज पौडेल, शान्ति पान्डे, सरस्वती आचार्य, सुस्मा श्रेष्ठ, रूपवहादुर के सि, मिन वहादुर थापा, किशोर सापकोटा, प्रताप सिङ अधिकारी, टिकाराम अधिकारी, गोविन्द अधिकारी, सुरेन्द्र पौडेल, रामप्रसाद भट्टराई, दामोदर मिश्र, रामप्रसाद भुषाल र रमेश प्रसाद भुर्तेल चयन भएका छन् ।

प्रेदश अध्यक्षमा निर्वाचित खनालको पुर्खेउली घर गोरखाको भिमसेन थापा गाउँपालिका(३ तान्द्राङ स्थित मझिम थोक हो । हाल उहाँ गोरखा नगरपालिका–६ गोरखा बजारमा पुष्पाञ्जी पुस्तक पसलका सञ्चालक हुनुहुन्छ ।

उहाँ यस अघि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको सचिव पदमा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology