Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चाबन्दी भयो : ओली


1.3K
Shares

लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चाबन्दी भयो  : ओली

काठमाडौं, २६ पुस । एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन, कुलमान घिसिङ लगायतका शक्तिहरू लोकतान्त्रिक शक्तिहरूविरुद्ध मोर्चाबन्दीमा लागेको आरोप लगाउनुनभएको छ ।

उहाँले पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले उनीहरू देश बनाउने नभइ विध्वंस पार्ने उद्देश्यले एक ठाउँमा आएको बताउनुभयो । ‘एक ठाउँमा उभिने प्रयास गरेका छन् । यो राम्रो मनसायले होइन । फरक मनसायले देश बर्बाद पार्ने मनसायले उभिएका छन्,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘देश बनाउने लोकान्त्रिक शक्तिविरुद्ध मोर्चा कसिँदैछ ।’

उहाँले कुनै सार्वजनिक जवाफदेहिता नभएकालेहरूले लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चा गरेको उल्लेख गर्नुभयो । ‘कुनै अवतारी आएर कुनै समस्याको समाधान जादुअनुसार हुन्छ भन्ने भ्रम पारिएको छ,’ अध्यक्ष ओलीले भननुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology