Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

तीन सन्तान जन्माउने आमा बुवालाई मासिक चार हजार


1.1K
Shares

तीन सन्तान जन्माउने आमा बुवालाई मासिक चार हजार

स्याङ्जा, २६ पुस । कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई मासिक चार हजार रुपियाँ आर्थिक सहायता दिने भएको छ ।

जनसङ्ख्याको घट्दो दरलाई रोक्ने, परिवारलाई सन्तान प्रतिको सकारात्मक प्रेरणा दिने तथा दीर्घकालीन जनसङ्ख्या सन्तुलनमा राख्ने तथा पोषणमैत्री स्थानीय शासन कार्यान्वयनको उद्देश्यले यस गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई मासिक चार हजार दिने निर्णय गरेको हो ।

पालिका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले पालिकाको तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कार्यविधि, २०८२ बमोजिम तोकिएको मापदण्ड पूरा गर्ने परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने बताउनुभयो ।

उहाँले कार्यविधि अनुसार तीन बच्चा जन्माउने परिवारले तोकिएकाा कागजात पूरा गरेमा दुई वर्षसम्म मासिक चार हजार प्रदान गर्ने बताउनुभयो ।

दुई सन्तान इश्वरका बरदान भनिए पनि पालिकाले जनसङ्ख्याको घट्दो दरलाई वृद्धि गर्न यो नीति ल्याएको पालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।

कार्यविधि अनुसार यस गाउँपालिका भित्र स्थायी वसोवास गर्नेले २०८२ साल श्रावण महिनाभन्दा पछाडी तेस्रो सन्तान जन्माएको परिवारले आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न पालिको हुन अनुरोध गरेको छ ।

पालिकाले निवेदन, नेपाली नागरिकताको प्रतिलिपी ९आमारबुवा०, तीन वटै सन्तानको जन्मदर्ता प्रमाणपत्र, विवाह दर्ताको प्रमाणपत्र, बसाइँ सरी आएकाको हकमा बसाइसराई प्रमाणपत्र माग गरेको छ । यस्तै जन्मिएको सन्तान नेपाल सरकारको सूचीकृत स्वास्थ्य जन्मिएको हुनुपर्ने पालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology