गोरखा, २५, पुस । गोरखाको पालुङटार नगरपालिका–३, बोगटीगाउँमा आफ्नै श्रीमानको कुटपिटबाट हिजो श्रीमतीको मृत्यु भएको छ । हिजो विहान अन्दाजी ११ः३० बजे स्थानीय २९ बर्षका शंकर सुनारको कुटपिटबाट उनकी श्रीमती २१ बर्षकी अनुष्का परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० भरतबहादुर बि।कले जानकारी दिनुभयो ।
श्रीमानको कुटाइबाट अचेत अवस्थामा रहेको भन्ने सूचनाका आधारमा ठाँटीपोखरीबाट घटनास्थलमा पुगेको प्रहरीको टोलीले गम्भीर घाइते अनुष्कालाई उद्दार गरि उपचारका लागि आँपपिपल अस्पतालमा पु¥याएको थियो । उहाँको उपचारका क्रममा तत्कालै मृत्यु भएको एसपी बि।कको भनाई छ ।
मृतकको शव पोष्टमार्टमका लागि अहिले प्रदेश अस्पताल गोरखामा राखिएको छ । प्रारम्भिक जानकारी अनुसार कुटपिट गरेको भनिएका शंकर सुनार स्वयं पनि घाइते रहेको अहिले प्रहरीको निगरानीमा प्रदेश अस्पताल गोरखामै उपचार भइरहेको उहाँले बताउनुभयो । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ ।