Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखा काँग्रेसले भन्यो, विशेष महाधिवेशनमा सक्रियता पूर्वक भाग लिनु


805
Shares

गोरखा काँग्रेसले भन्यो, विशेष महाधिवेशनमा सक्रियता पूर्वक भाग लिनु

गोरखा, २५ पुस । नेपाली काँग्रेस गोरखाले आफ्ना महासमिति सदस्यत तथा महाधिवेशन प्रतिनिधिलाई आइतबारबाट हुन लागेको बिशेष महाधिवेशनमा सक्रियता पूर्वक सहभागिता जनाउने भनेको छ ।

पार्टीले एक सूचना जारी गर्दै दोस्रो विशेष महाधिवेशनमा सक्रियता पूर्वक भाग लिन भनेको हो । जारी बिज्ञप्तीमा ‘नेपाली काँग्रेस इतिहासको अत्यन्तै संगिन मोडमा रहेको यस घडिमा दोस्रो विशेष महाधिवेशन मिति २०८२ पौष २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेकुरा सर्व विदितै छ । पार्टीको बैचारिक स्पष्टता, संगठनात्मक एकता, पार्टीको आन्तरिक लोकतन्त्र र देशको समसामयिक राजनैतिक चुनौतिको बिषयमा महत्वपूर्ण निर्णय लिन यस विशेष अवसरमा गोरखा जिल्लाबाट निर्वाचित सम्पूर्ण महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि ज्यूहरु र पार्टीका सबै तहका साथीहरुलाई उक्त दिन गरिमामय उपस्थितिको लागि अनुरोध गर्दर्छौ’ भनिएको छ ।

‘हामी सबैको साझा सहभागिताबाट मात्र नेपाली काँग्रेस थप बलियो, विश्वासिलो र जनमुखी बनाउन सकिने छ । लोकतान्त्रको रक्षा र पार्टीको सुदृढ भविशयको लागि तपाईहरुको सक्रिय सहभागिताको लागि आब्हान गर्दछौ’ बिज्ञप्तीमा भनिएको छ ।

नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश साँसद नन्दप्रसाद न्यौपाने, प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर १ का सभापति नारायणप्रसाद लामिछाने तथा क्षेत्र नम्बर २ का सभापति गोविन्द गुरुङ तथा प्रदेश क्षेत्रीय समापतिहरु ठाकुरप्रसाद भट्ट, दीर्घमान गुरुङ, दिनेश खनखवास र खुनप्रसाद रेग्मीले समेत महासमिति सदस्यत तथा महाधिवेशन प्रतिनिधि तथा काँग्रेस सर्मथित सबैलाई उपस्थित हुन आग्रह गरेका छन् ।

उता १० वटा नगर तथा गाउँपालिका सभापतिहरुले विमल ढकाल, सन्तबहादुर गुरुङ, भक्तबहादुर गुरुङ, राजु गुरुङ, जीतबहादुर घले, काशीनाथ अंगाई, नारायणप्रसाद भट्टराई, होमबहादुर राना, जंगबहादुर गुरुङ र सुर्यबहादुर गुरुङले समेतले विशेष महाधिवेशनमा सबैले सक्रियता पूर्वक सहभागिता जनाईदिन भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology