Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या


700
Shares

बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या

ढाका २४ पुस । बङ्गलादेश नेसनलिस्ट पार्टी बिएनपीका नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या गरिएको तथा कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान मसूद गोली हानाहानमा घाइते भएको स्थानीय मिडियाले जनाएका छन् ।

मुसब्बिर बङ्गलादेश नेसनलिस्ट पार्टीको स्वयंसेवक शाखा ढाका सिटी नर्थ स्वेच्छासेबक दलका पूर्व महासचिव रहेको जनाइएको छ ।

बुधबार राति ८ः४० बजे राजधानीको बसुन्धरा मार्केट पछाडिको बजार क्षेत्रमा अज्ञात बन्दुकधारीले अजिजुरलाई निशाना बनाएर गोली हानेको जनाइएको छ ।

तेजगाँव डिभिजनका अतिरिक्त प्रहरी उपायुक्त ९एडिसी० फजलुल करिमले मुसब्बिरको मृत्यु भएको पुष्टि गर्नु भएको छ । उहाँले “स्टार कबाबको छेउमा रहेको गल्लीमा अज्ञात समुहले दुई जनालाई गोली हान्दा मुसब्बिरको मृत्यु भएको उल्लेख गर्दै अर्को जना व्यक्तिलाई उपचारका लागि ढाका मेडिकल कलेजमा पठाइएको बताउनु भएको छ ।

मोटरसाइकलमा आएका आक्रमणकारीहरूले फार्मगेट पार गरेपछि कारवान बजारमा स्टार कबाब अगाडि गोली आन्दा मुसब्बिर र अबु सुफियान गम्भीर घाइते भएकोमा मुसब्बिरलाई बिआरबी अस्पतालमा उपचारको लागि लगिएको अवस्थामा मृत्यु भएको उल्लेख गरिएको छ ।

द डेली स्टारका अनुसार मुसब्बिरले शरियतपुरका बासिन्दाहरूको समूहसँग सुपर स्टार होटल नजिकैको कार्यक्रममा सहभागी भई मुसब्बीर र मसूद नजिकैको गल्लीबाट हिँड्दै गर्दा दुई आक्रमणकारीले घटनास्थलबाट भाग्नुअघि गोली चलाएका थिए ।

गोलीकाण्डपछि सोना र गाँव चौराहा नजिकै स्थानीय बिएनपी सदस्यहरू समावेश भएको समूहले विरोध प्रदर्शन गरेको थियो । पछिल्लो समयमा बङ्गलादेश भरि राजनीतिक हिंसा बढेको खबरहरूबीच फेब्रुअरी– १२ मा हुने राष्ट्रिय चुनावअघि कानून र व्यवस्थाको चिन्तामा यस घटनाले थप अशान्ति बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology