Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गण्डकीमा राष्ट्रिय सभा चुनाव स् २२९ मतदाता, ६३५७ मतभार


1.1K
Shares

गण्डकीमा राष्ट्रिय सभा चुनाव स् २२९ मतदाता, ६३५७ मतभार

 

लेखनाथ, २३ पुस । माथिल्लो सदन राष्ट्रियसभा निर्वाचनको कार्यतालिका बमोजिम बुधबार देशका सातै प्रदेशमा उम्मेद्वारहरुले मनोनयनपत्र दर्ता गर्दै छन् । गण्डकी प्रदेशबाट दुई सदस्यका लागि निर्वाचन हुँदै छ । गण्डकी प्रदेशमा ५९ प्रदेशसभा सदस्य र ८५ पालिकाका प्रमुख, उपप्रमुख गरी दुई सय २९ मतदाता छन् । एक प्रदेश सभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिँदा गण्डकीमा कुल मतभार छ हजार तीन सय ५७ छ ।

गण्डकीमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका नारायणकाजी श्रेष्ठ र नेकपा एमालेका भगवती न्यौपानेको कार्यकाल सकिन लाग्दा निर्वाचन हुन लागेको हो । श्रेष्ठ अन्य र न्यौपाने महिला समूहबाट निर्वाचित भएकाले सोही समूहबाट नयाँ उम्मेद्वार मनोनयन हुने छन् । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार पद रिक्त हुनुभन्दा ३५ दिनअगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ ।

यहाँ प्रदेशसभाका ५९ सदस्यको मतभार तीन हजार एक सय २७ हुन्छ भने स्थानीय तहका प्रतिनिधिको तीन हजार दुई सय ३० गरी कुल मतभार छ हजार तीन सय ५७ छ । गण्डकीको ६० सदस्यीय प्रदेशसभामा एक सदस्य रिक्त छ ।

गण्डकीमा एक्ला एक्लै प्रतिस्पर्धा हुँदा नेपाली कांग्रेस बलियो देखिन्छ । कांग्रेससँग २७ प्रदेशसभा सदस्य र ६७ पालिका प्रतिनिधि गरी दुई हजार सात सय चार मतभार छ ।

एमालेका २२ प्रदेशसभा सदस्य र ६८ पालिका प्रतिनिधि हुँदा उससँग दुई हजार चार सय ५८ मतभार छ । एमालेबाट निर्वाचन बागलुङको ढोरपाटन नगरपालिका प्रमुख देवबहादुर नेपाली निलम्बनमा पर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का यहाँ सात प्रदेश सभा सदस्य र ३१ स्थानीय तहका प्रतिनिधि गरी नौ सय ६० मतभार छ । साविक माओवादी केन्द्रकै चुनाव चिह्नबाट विजयी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा अहिले जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा०मा हुनुहुन्छ ।

गण्डकीमा पालिका प्रमुख वा उपप्रमुख नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट दुई प्रदेशसभा सदस्य हनुहुन्छ । प्रदेश सरकारमा अहिलेको एमाले र कांग्रेसको सत्ता गठबन्धनलाई नै सघाइरहेको राप्रपा र प्रलोपाका सदस्यको मत कता जान्छ भन्ने यकिन भएको छैन ।

दुई पालिका प्रमुख र एक उपप्रमुख जितेको राष्ट्रिय जनमोर्चाको ५७ मत छ । मनाङको मनाङ डिस्याङ गाउँपालिका उपाध्यक्षमा स्वतन्त्रबाट विजयी छिरिङ गुरुङ भने एमाले निकट हुनुहुन्छ ।

निर्वाचनका मतदाताको नामावली पुस १९ गते प्रकाशन भइसकेको छ भने पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने तालिका छ । उम्मेद्वारको नामावली प्रकाशन बुधबारै ३ देखि ६ बजेभित्र हुनेछ भने बिहीबार उम्मेद्वारविरुद्ध उजुरी दिने समय तोकिएको छ ।

उम्मेद्वारविरुद्धको उजुरी र मनोनयनपत्रउपर जाँचबुझ गरी निर्णय लिने तालिका पुस २५ र २६ गते छ । २६ गते ३ देखि ४ बजेभित्र उम्मेदवारको नामावली प्रकाशन, २७ गते १० देखि १ बजेसम्म उम्मेद्वारी फिर्ता र सोही दिने १ देखि २ बजेभित्र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । निर्वाचनका लागि गण्डकीमा पोखरामा रहेको प्रदेश निर्वाचन कार्यालयलाई मतदान स्थल तोकिएको छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । निर्वाचन सामग्री तयार भइसकेको र कार्यतालिकाबमोजिम बुधबार मनोनयनपत्र दर्ताको तयारी भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले बताउनुभयो ।

केन्द्रमा बन्ने दलीय समीकरणअनुसार नै राष्ट्रियसभाका चुनाव हुने गरेका छन् । यसपालि पनि राष्ट्रिय सभाको निर्वाचनका लागि पाँच दलबीच भागबन्डा भएको छ । नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा, लोसपा र जसपा नेपालबीच मिलेर निर्वाचन लड्ने सहमति बनेको हो ।

राष्ट्रियसभाका खाली १८ सिटमध्ये कांग्रेस र एमालेले समान सातरसात, नेकपाले तीन र जसपाले एक सिट लिने सहमति बनेको छ । कहाँ कुन दलले उम्मेद्वारी दिने भन्ने यकीन हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology