गोरखा, २२ पुस । गोरखा नगरपालिकाले सुन्तला खेतीलाई प्रवद्र्धन गर्न अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले चालु आर्थिक बर्ष २०८२÷०८३ को स्विकृत कार्यक्रम अन्र्तगत सुन्तला खेती गर्ने किसानलाई अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
सुन्तला उत्पादन वृद्धि, बगैँचा विस्तार, आधुनिक प्रविधि प्रयोग, संकलन तथा वजारीकरण सुधारजस्ता कार्यक्रमलाई प्राथमिकता राखेर नगरपालिकाले किसानलाई ५० प्रतिसत अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको नगरपालिकाले जनाएको छ ।
अनुदानका लागि कृषक समूह, कृषि सहकारी संस्था, कृषि फार्म तथा उद्यमी कृषकहरुलाई निवदेनका लागि आवहन गरेको हो । नगरपालिकाले अनुदान कार्यक्रममा सहभागी हुन चाहाने किसानहरुले नगरपालिकाको कृषि विकास शाखा वा वडा कार्यालयमार्फत प्रस्ताव पेश गर्नुपर्ने आवहा्न गरेको छ ।
गोरखा नगरपालिकालेसुन्तलाको व्यावसायिक उत्पादन र वजारीकरणलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको हो । कार्यक्रमले किसानको आम्दानी वृद्धि, बगैँचा विकास, स्थानीय उत्पादनको ब्रान्डिङ र बाजार पहुँच विस्तारमा टेवा पु¥याउने अपेक्षा लिइएको छ ।