Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ईश्वर पोखरेलको जिम्मेवारी खोसियो, विष्णु रिमाल बने नीति अनुसन्धान प्रमुख


952
Shares

ईश्वर पोखरेलको जिम्मेवारी खोसियो, विष्णु रिमाल बने नीति अनुसन्धान प्रमुख

काठमाडौं २२ पुस । नेकपा एमालेले ईश्वर पोखरेलको जिम्मेवारी खोसेको छ । च्यासलमा बसेको सचिवालय बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट पोखरेललाई हटाएर विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी रिमाललाई दिने प्रस्ताव गरेका थिए । ‘विष्णु रिमाल धेरै राम्रो मान्छे हो, तर चुनाव हार्नुभयो,’ ओलीको प्रस्ताव थियो, ‘उहाँलाई जिम्मेवारी दिनुपर्छ, त्यसै राख्न मिल्दैन ।’

एघारौं महाधिवेशनमा रिमाल उपमहासचिव पदका उम्मेदवार थिए । तर केन्द्रीय सदस्यमा समेत पराजित भए । केन्द्रीय सदस्यमै पराजित भएपछि रिमाललाई ईश्वर पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology