काराकास भेनेजुयला, १९ पुस । राष्ट्रपति डोनाल्ड ट्रम्पको एक महिना लामो दबाब अभियानपछि शनिबार राजधानी काराकासमा विस्फोट भएको उल्लेख गर्दै भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई गम्भीर सैन्य आक्रमण गरेको आरोप लगाएको छ ।
फक्स न्यूज र सीबीएस न्यूज लगायत अमेरिकी मिडियाहरूले संयुक्त राज्य अमेरिकाले क्यारिबियन देशमा सैन्य आक्रमण गरिरहेको रिपोर्ट गरेका छन् । ह्वाइट हाउस र पेन्टागनले भने आक्रमणको बारेमा हाल सम्म कुनै टिप्पणी गरेका छैनन् ।
विस्फोट, शहरमा उड्ने विमानहरूको आवाजसँगै, उस्तै सुनिने गरी शनिबार राती २ बजेदेखि भएको एएफपीले जनाएको छ । राजधानीको उत्तरमा रहेको ला गुइरामा पनि विस्फोटको आवाज सुनिएको जनाइएको छ जहाँ काराकासको विमानस्थल र बन्दरगाह अवस्थित छ ।
आक्रमण पछि उहाँले मुलुकमा आपतकालकोसमेत घोषणा गरिसकेको बताइएको छ । छिमेकी कोलम्बियाका राष्ट्रपतिले आक्रमणको विषयलाई लिएर संयुक्त राष्ट्र सङ्घको आपतकालीन बैठक बोलाउनु भएको छ ।
वामपन्थी नेता गुस्ताभो पेट्रोले सामाजिक सञ्जाल एक्समा भेनेजुएलामा भएको आक्रमणको बारेमा सम्पूर्ण विश्वलाई सचेत गराइरहेको जनाइएको छ । अहिले पनि मेसिन गन जस्तो धेरै विस्फोट र गोली चलेको आवाज सुनिरहेको अधिकारीहरुलाई उदृत गर्दै एएफपीले बताएको छ ।
स्थानिय बासिन्दाहरुका अनुसार सहरका केही भागहरूमा आक्रमण पछि बिजुली काटिएको छ । सुरुमा लागुऔषध तस्करी विरोधी अभियानको रूपमा प्रस्तुत गरेको क्यारिबियनमा विमान वाहक र लडाकु विमान तैनाथ गर्ने ट्रम्पले भेनेजुएलाको भूमिमा बारम्बार आक्रमण गर्ने धम्की दिएको जनाइएको छ ।
यस अघि सोमबार ट्रम्पले अमेरिकाले भेनेजुएलाका कथित लागुऔषध डुङ्गाहरू आक्रमण गरी नष्ट गर्ने बताउदै नियन्त्रण अभियानको पहिलो प्रयास आक्रमण हुने बताउनु भएको थियो ।
वासिङ्टनले पछिल्लो समयमा अनौपचारिक रूपमा भेनेजुएलाको हवाई क्षेत्र बन्द गरी थप प्रतिबन्ध लगाएको छ र भेनेजुएलाको तेलले भरिएका ट्याङ्करहरू जफत गर्न आदेश दिएको छ ।
अमेरिकी सेनाले सेप्टेम्बर देखि क्यारेबियन सागर र पूर्वी प्रशान्त महासागरमा डुङ्गाहरूमा धेरै आक्रमणहरू गरेको छ, जसलाई वासिङ्टनले लागुऔषध तस्करहरू भनेको छ ।अमेरिकी सेनाका अनुसार आक्रमणमा कम्तीमा १०७ जनाको मृत्यु भएको छ ।