Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भेनेजुएलामा राष्ट्रिय संकटकाल घोषणा


1.4K
Shares

भेनेजुएलामा राष्ट्रिय संकटकाल घोषणा

काठमाडौं, १९ पुस । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । अमेरिकाले राजधानी काराकाससहितका सहरहरूमा भीषण आक्रमण गरेपछि मादुरेले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।

उहाँले अमेरिकी आक्रमणको निन्दा गर्दै भेनेजुएलाकोे तेल र खनिजमाथि कब्जा जमाउने प्रयास स्वरूप आक्रमण गरेको बताउनुभयो ।

बीबीसीका अनुसार जारी बयानमा राजधानी काराकासमा गरिएको आक्रमणको उद्देश्य ‘भेनेजुएलाको रणनीतिक संसाधनहरू विशेष गरी तेल र खनिजमा कब्जा गर्ने’ र ‘देशको राजनीतिक स्वतन्त्रता जबरदस्ती हनन’ हो ।

भेनेजुएलाका राष्ट्रपति मादुरो पूरै देशमा बाह्य उथल–पुथलको स्थिति घोषित गर्ने आदेशमा हस्ताक्षर गरेर लागू गर्न आदेश दिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology