Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन आग्रह


973
Shares

देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन आग्रह

काठमाडौँ, १७  पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ ।

मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ्या शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको हो ।

काठमाडौँ उपत्यकासहित देशका विभिन्न शहरी क्षेत्रमा वायु प्रदूषण खतरनाक तहसम्म पुगेको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो । केन्द्रले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

“केही दिन यता काठमाडौँ उपत्यका लगायत देशका विभिन्न शहरी क्षेत्रमा वायु प्रदुषण खतराजनक तहसम्म पुगेको छ । त्यसैले अनिवार्य काममा बाहेक घर बाहिर ननिस्कौँ घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कौँ ।” केन्द्रलेजारी गरेको सूचनामा उल्लेख छ ।

अत्यधिक वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या, आँखा पोल्ने, टाउको दुख्ने तथा दीर्घकालीन स्वास्थ्य जोखिम बढ्ने चिकित्सकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology