Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

राप्रपा र राप्रपा नेपालबीच एकता घोषणासभा


994
Shares

राप्रपा र राप्रपा नेपालबीच एकता घोषणासभा

काठमाडौं, १६ पुस । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वबीचको एकता घोषणासभा आयोजना गरिएको छ । यसअघि लिङ्देन र थापाले गत ९ पुसमा एकता घोषणा गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै एकता घोषणा भइरहेको छ ।

पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए । ०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए । थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology