Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेकपाले थाल्यो चुनावी अभियान


1.2K
Shares

नेकपाले थाल्यो चुनावी अभियान

म्याग्दी, १५ पुस । नेपाली कम्युनिष्ट पार्टी नेकपा म्याग्दीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित चुनावी अभियान थालेको छ । पार्टीका तर्फबाट सम्भावित उम्मेदवार र एकताको सन्देशसहित नेकपाले गाउँ केन्द्रित अभियान थालेको हो ।

हालै मात्र विभिन्न कम्युनिष्ट पार्टीहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकताको भावना जनस्तरमा पुर्‍याउन, निर्वाचनको माहोल सिर्जना गर्न र समसामयिक राजनीतिक परिवेशका बारेमा मतदाताहरुलाई जानकारी गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको नेकपाका जिल्ला नेता शेरबहादुर केसीले बताउनुभयो ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस भएका अर्जुनबहादुर थापा, कृष्णकुमार विश्वकर्मा, गमबहादुर श्रीसमगर, टेकबहादुर विक, दुर्गा कार्की ९बानियाँ०सहित जिल्लाका नेताहरुको सहभागी भएको टोली गाउँगाउँमा पुग्ने नेता केसीले जानकारी दिनुभयो ।

“बिचार मिल्ने पार्टीहरुको धु्रबीकरण गरि प्राप्त राजनीतिक उपलब्धीको रक्षा र नवयुवा पुस्ताको माग सम्बोधन गर्न सक्ने व्यवस्थाको उद्देश्यसहित पार्टी एकताको सन्देश जनस्तरमा पुर्‍याउनुको साथै सम्भावित उम्मेदवारहरु जनतामाझ परिचयका लागि अभियानले सहयोग गर्ने अपेक्षा गरेका छौ,” नेकपाका केन्द्रिय सदस्य गोविन्द पौडेलले भन्नुभयो “नागरिकका समस्यालाई नीति मार्फत सम्बोधन गराउन सम्भावित उम्मेदवारहरुलाई पनि अभियानमा सहभागि गराएका हौ ।”

राजनीतिक परिवर्तनको अगुवाइ गरेको नेपाली कम्युनिष्ट पार्टीले सुशासनको जगमा देशमा राजनीतिक स्थिरता कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्टाचारको छानविनका लागि शक्तिशाली आयोग गठन, संवैधानिक निकायहरुलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन योग्यता र क्षमताको आधारमा अवसर दिने प्रणाली विकास गराउने नेकपाको राजनीतिक मुद्दा भएको नेता रेशम जुगजालीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology