Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

एमक्याप गोरखाद्वारा एमआइएस प्रणाली सम्बन्धी तालिम प्रदान


1.5K
Shares

एमक्याप गोरखाद्वारा एमआइएस प्रणाली सम्बन्धी तालिम प्रदान

गोरखा, १३ पुस । मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाले प्राकृतिक संरक्षण साहायक र पर्यटक वन पैदावार इन्चार्जहरुलाई एमआइएस सिस्टम सम्बन्धी तालिम प्रदान गरेको छ ।

एमक्यापले मनास्लु क्षेत्र घुम्न पुग्ने पर्यटकको अनलाइन डाटा इन्ट्री सुरु गर्न एमआइएस सिस्टम सम्बन्ध तालिम प्रदान गरिएको कार्यालय प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।

दुईदिन सम्म प्रदान गरिएको तालिममा सहभागीहरुलाई मोवाइल जिपिएस सञ्चालन, जिपिएस लोकसन पहिचान, ड्रोन क्यमराको प्रयोग र डिएसएआर क्यामरा सञ्चालन सम्बन्धी तालिम दिइएको उहाँको भनाई छ ।

मनास्लु संरक्षण क्षेत्रले जगत, सामागाउँ र छेकम्पारसहित तीन ठाउँमा चेकपोस्ट सञ्चालन गर्दै आएको छ । उक्त चेकपोस्टमा पर्यटकहरुको चेकजाँच, ट्रयाक रेकर्ड र इन्ट्री अवदेखी अनलाइन प्रविधिबाट हुने प्रमुख शेरचनले बताउनुभयो ।

सहभागीहरुलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) का जिआइएस एक्सपट नरेन्द्र श्रेष्ठले तालिम प्रदान गर्नुभएको हो । एमक्यापले कार्यालय अन्र्तगत सञ्चालनमा रहेको चेकपोष्टमा अनलाइन प्रणाली सुरु गर्न प्रिन्टर, ल्यापटपसहित ड्रोन क्यामराको व्यवस्था गरेको उहाँले बताउनुभयो ।

ड्रोन क्यामराले पर्यटकहरुको उद्दार, समस्याको पहिचान खोजी, मनास्लु .संरक्षण क्षेत्रमा हुने चोरी निकासी रोकथामका लागिसमेत प्रयोग गरिने उहाँले बताउनुभयो । हेडलाईन बनाउ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology