काठमाडौँ, १२ पुस । सरकारले पुस १५ गतेलाई च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाउने निर्णय भएको हो । त्यसैगरी, सरकारले नेपाल तागरिकता चौथो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।
सँगै सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मधेश प्रदेशको प्रमुख सचिव पदमा सहसचिव कमलप्रसाद भट्टराईलाई कायममुकायमको जिम्मेवारी दिने निर्णय गरेको छ ।
