Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेपाली कम्युनिष्ट पार्टी भिमसेन थापा गाउँपालिकाको पार्टी एकता सन्देशसभा सम्पन्न


1.4K
Shares

नेपाली कम्युनिष्ट पार्टी भिमसेन थापा गाउँपालिकाको पार्टी एकता सन्देशसभा सम्पन्न

गोरखा, ११ पुस । नेपाली कम्युनिष्ट पार्टी भिमसेन थापा गाउँपालिकाको पार्टी एकता सन्देशसभा सम्पन्न भएको छ । गाउँपालिकाको बगुवामा पार्टीका बरिष्ठ केन्द्रीय सदस्य सदस्य हरिराज अधिकारी ‘कुमार’ को प्रमुख आतिथ्यतामा एकता सन्देशसभा सम्पन्न भएको हो ।

 

सभालाई सम्बोधन गर्नुहुँदै केन्द्रीय सदस्य अधिकारीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तीको मुख्य हिस्सेदार नेपाली कम्युनिष्ट पार्टी भएको बताउनु भएको छ । अहिलेको पार्टी एकताले परिवर्तनको मुख्य हिस्सेदारलाई एकै ठाउमा ल्याएको भन्दै उहाँले नेपाली सर्वहारा बर्ग र नेपाली समाजवादी आन्दोलनका निम्ति सर्मपण गरेर मरौँ भन्ने पार्टीको मूल नेतृत्वको हुटहुटी रहेको बताउनुभयो । नेता अधिकारीले देश संकटमा रहेका बेला विदेशी शक्तिहरु नेपालमा आफ्नो एजेष्ट खोज्न लागेको बताउनुभयो । ‘‘अहिले जालझेल र षडयन्त्र भइरहेको छ, उहाँले भन्नुभयो, ‘‘हिजो आज बार्ता छलफलको नाटक छ यो सवै विदेशीहरुको नाटक हो, यहीँ देश संकटमा भएका बेलामा आफ्नो प्रतिनिधि खोज्न डलर खर्च गरिरहेका छन् ।’’

केन्द्रीय सदस्य अधिकारीले माओवादी सत्तामा रहँदा नरहदा भ्रष्टाचार वेथिती अनियमिता गरेको भए छानविन गर्न पनि आग्रहलाई गर्नुभयो । ‘‘अहिलेको लडाइ सहि र गलतको लडाई हो, उहाँले भन्नुभयो, ‘‘गलत प्रवृतिलाई परास्त गर्न पार्टी एकताको अभियान अगाडी बढेको हो । ’’ केन्द्रीय सदस्य अधिकारीले आफू सांसद हुँदा बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि पटक पटक दवाव दिएको भएपनि अपेक्षा अनुसार काम हुन नसकेको बताउनुभयो ।

उहाँले जनताको विश्वास जितेर निर्वाचनका लागि सवै तयारी गर्नुपर्नेमा समेत जोडदिनुभयो । एकता सन्देशसभालाई सम्बोधन गर्नुहुँदै अर्का केन्द्रीय सदस्य अमर तमुले पार्टीले जनताको सामु गरेको प्रतिवद्धता पूरा गर्न नसकेको स्विकार अव नयाँ ढंगले अगाडी बढ्न लागेको बताउनुभयो । उहाँले लिग छोडेको संविधानलाई बचाउन फागुन २१ गतेको निर्वाचन सम्पन्न गराउनु आवश्यक रहेको उल्लेख गर्नुभयो । अहिले खुलेका केही नयाँहरु पार्टी विचार दर्शनविहिन भएको भन्दै उहाँले उनिहरुले पुराना पार्टीलाई गाली गर्ने र सिध्याउनका लागि कोसिस मात्र गरिरहेको स्पस्ट पार्नुभयो ।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय आयोजक समितिका सदस्य एवं गण्डकी प्रदेशका सचिव जगन्नाथ खनाल, केन्द्रीय आयोजक समितिका सदस्य लोकप्रसाद बन्जरा, यादव बस्नेत, कम्युनिष्ट नेता भक्ति लामिछाने, पार्टीका गण्डकी प्रदेश समितिका सदस्य कविता अर्याललगायतले मन्तव्य राखेका थिए । एकता सन्देशसभा नेपाली कम्युनिष्ट पार्टी भीमसेन थापा गाउँपालिकाका संयोजक विनोद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो । सभामा पालिका भित्रका झण्डै ४५० जना नेता कार्यकर्ताको सहभागिता रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology